शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

६४९ बोरा अवैध रासायनिक मल राजस्व अनुसन्धानको नियन्त्रणमा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०८०



  • पाल्पा — पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा शनिबार फेला परेको ६ सय ४९ बोरा अवैध रासायनिक मल राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको बिल, कागजपत्र र भण्डारण गरेका व्यक्तिसमेत फेला नपरेपछि कार्यालयले अनुसन्धानका लागि युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    राजस्व अनुसन्धान कार्यालयका अधिकृतसहित करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र प्रहरीका प्रतिनिधिसहितको टोलीले सिल खोलेर नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघलगायतको रोहबरमा भण्डारण गरेर राखिएको मल नियन्त्रणमा लिई सिल खोलेर अवैध रासायनिक मल बुटवलमा पठाइएको छ । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत नामक युरिया मल रहेको प्रहरीले जनाएको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गत हुँगीमा नवलपरासी पश्चिमको रामग्रामबाट पाल्पाको रामपुर ल्याउँदै गर्दा प्रहरीले ३ सय ७२ बोरा अवैध रासायनिक मल ट्रकसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको थियो । त्यसैको आधारमा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ताहित संरक्षण समिति र प्रहरीले अनुगमन गर्ने क्रममा रामपुर नगरपालिका ५, बेझाँडका विजय मानन्धरको घरमा सटर भाडामा लिएर मल भण्डारण गरी राखेको भेटिएको थियो । जनप्रतिनिधि तथा सरोकारवालाको रोहवरमा अनगुमन टोलीले मल भण्डारण गरेको कोठालाई सिल गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij