शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०८०



  • बिनिता शर्मा,काठमाडौँ ।प्रहरीले अवैध लागूऔषधसहित पक्राउ तथा बरामद गरेको छ ।

    नवलपरासी(पश्चिम), सरावल गाउँपालिका-४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित सोही नगरपालिका-४ ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई
    ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित नारायणी काउन्टरको छेउबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ८ सय ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij