शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी निलम्बित

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०८०



  • काठमाडौं। महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
    प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले एसएसपी पाललाई ६ महिना निलम्बन गरिएको गृहको पत्र प्रहरी प्रधान कार्यालय आइपुगेको बताए।

    डिआइजी कडायतले भने, ‘ गृहमन्त्रालयबाट उहालाई ६ महिनाको लागि निलम्बन गरेको पत्र प्राप्त भइसकेको छ। हामीले सम्बन्धित निकायमा पठाइसकेका छौं।’

    एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्। उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए।

    पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरूद्द उजुरी दिएकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij