शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रुकुम पश्चिममा जीप दुर्घटना, ८ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०८०



  • रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

    जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो।

    दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन्।

    उनको बाँया खुट्टामा गम्भीर चोट लागेको छ। अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ। घाइतेमध्य ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका हुन्।

    घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

    त्यस्तै रुकुममै भएको अटो रिक्सा दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।

    बुधबार बेलुका सवा ५ बजे रा १ ह ६३७१ नम्बरको अटो दुर्घटना हुँदा चालक पर्सा जिल्लाको डोरे नगरपालिका – ४ का सेकेन्दर दास घाइते भएका छन्।

    राप्ती अटो पार्टस दाङको घोराहीबाट गएका दास अटोमा एक्लै सवार थिए।

    रुकुम पूर्वको भूमे गाउँपालिका – ५ शेरावाङका सुरेन्द्रं कामीले अटोको किस्ता बुझाउन नसकेपछि घोराहीबाट खटिएका टासले अटो खोसेर दाङ तर्फ ल्याउने क्रममा दुर्घटनामा परेका थिए।

    राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ४ बोहोरागाउँ नजिकै बाट अटो २० मिटर तल खसेपनि सालको रुखमा अड्किएर जोगिएको प्रहरीले बताएको छ। घाइतेलाई थप उपचारका लागि दाङ ल्याइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij