प्रकाशित मिति : सोमवार, असार १८, २०८०
बिनिता शर्मा,काठमाडौँ ।करेन्ट लागेर विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ ।

सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुन गई करेन्ट लाग्दा ट्रकमा लेबर काम गर्ने रौतहट घर भएका २४ वर्षीय संजय मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ ।
नवलपरासी (पूर्व) जिल्लाको मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने
स्थानमा लत्रेको तारबाट करेन्ट लागेर सोही नगरपालिका-१४ बस्ने ७० वर्षीय मन बहादुर
सोमैको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका-३ सनत बजार बस्ने ४५ वर्षीय डम्बर बहादुर
लामिछाने मगरको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही नगरपालिका-३
एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर
गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै
मृत्यु भएको हो ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालका-३ मथुराबेशीस्थित के.बि. बेम्बो होटलमा काम गर्ने
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-३ पेगा घर भएका २६ वर्षीय बिमल महतको करेन्ट लागेर
आइतबार राति मृत्यु भएको छ । सोही होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि
करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको
जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी प्रबक्ता कुबेर कडयतले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij