शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बलिउड कलाकारका बडिगार्ड कति लिन्छन् पारिश्रमिक?

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०८०



  • बलिउड अभिनेता शाहरूख खान, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार, अनुष्का शर्मा र दीपिका पादुकोणले घर बाहिर निस्कँदा निकै सावधानी अपनाउनुपर्छ। कतिपय अवस्थामा उनीहरू आफ्नै फ्यानबाट पनि सुरक्षित हुँदैनन्।

    उनीहरूले महंगो पारिश्रमिक दिएर अंगरक्षक (बडिगार्ड) राख्ने गरेका छन्। आज हामी सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटी बडिगार्डको चर्चा गछौं:-

    शाहरूख खानका बडिगार्ड रवि सिंह सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटी बडिगार्ड हुन्। रवि वार्षिक २.७ करोड भारू अर्थात प्रति महिना करिब १७ लाख भारू पारिश्रमिक लिन्छन्।

    बलिउडका चर्चित अभिनेता हुन् सलमान खान। उनका बडिगार्ड शेरा पनि उतिकै चर्चित छन्।

    शेरा करिब २८ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। शेरा वार्षिक २ करोड भारू अर्थात प्रति महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन्।

    आमिर खानलाई युवराज घोरपडेले सुरक्षा दिइरहेका हुुन्छन्। युवराज वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन्।

    अमिताभ बच्चनका बडिगार्ड जितेन्द्र शिन्देले अगस्त २०२१ सम्म अमिताभका लागि काम गरे। जितेन्द्र वार्षिक १.५ करोड भारू पारिश्रमिक लिन्थे।

    दीपिका पादुकोण सधैं आफ्नो व्यक्तिगत बडिगार्ड जलालसँग देखिन्छिन्। जलाल वार्षिक १.२ करोड पारिश्रमिक लिन्छन्।

    अनुष्का शर्माका बडिगार्ड प्रकाश सिंह उर्फ सोनु अभिनेत्रीको मात्र होइन विराट कोहली र उनकी छोरी वामिकाको पनि सुरक्षा दिन्छन्। उनी वार्षिक १.२ करोड भारू पारिश्रमिक लिन्छन्।

    अक्षय कुमारका बडिगार्ड श्रेयसे थाले सधैं अक्षयका साथमा हुन्छन्। श्रेयसे अक्षयसँगै उनका छोरा आरवलाई पनि सुरक्षा दिन्छन्। उनी वार्षिक १.२ करोड भारू पारिश्रमिक लिन्छन्।

    (भारतीय सञ्चारमाध्यम हिन्दी न्यूज १८ को सहयोगमा तयार पारिएको)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij