शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कालीगण्डकी कोरिडोरको बिजोग : बर्खा लाग्यो कि पहिरोको वितण्डा, बस्ती जोखिममा

  • प्रकाशित मिति : आइतवार, असार ३१, २०८०



  • राष्ट्रिय गौरवको आयोजना मानिने कालीगण्डकी कोरिडोर निर्माण प्रारम्भ भएको दुई दशक बित्नै लाग्दा पनि बिजोग अवस्थामा रहेको छ । हरेक वर्ष जस्तो यो वर्ष पनि वर्षा याममा ठाउँ ठाउँमा पहिरो जाने र खोलामा पुल नबनेका कारण आवतजावत पूर्ण रूपले ठप्प भएको छ ।

    बुलिङटार गाउँपालिका वडा नं. एकमा पर्ने कौडेको फुस्रे खोलाको पुल अझै पनि निर्माण हुन नसक्दा स्थानीयहरूलाई सास्ती भएको छ । वर्षामा आउने फुस्रे खोलाको भेललाई तर्न स्थानीयहरू ज्यानको जोखिम राखेर अस्थायी पुलमार्फत आवत जावत गर्ने गरेका छन् । त्यस्तै बुलिङटार गाउँपालिका वडा नं. ६ कै फूलबारी खोलाको पुल पनि पूर्ण रूपले सम्पन्न नहुँदा आवतजावतमा सास्ती हुने गरेको स्थानीय माधव पोखरेलले बताए ।

    बुलिङटार गाउँपालिका वडा नं. ६ का दर्जन बढी घरहरू अहिले काली कोरिडोर कै कारण उच्च जोखिममा रहेका छन तर सरोकारवालाहरुको त्यसमा चासो देखिँदैन ।

    चीन र भारत जोड्ने आर्थिक समृद्धिको धरोहर मानिएको उक्त सडक खण्ड लामो समय बित्दा पनि निर्माण व्यवसायीहरूको लापरबाहीका कारण सडक बगरमा परिणत भइरहेको जनगुनासो छ । नवलपुर, पाल्पा, गुल्मी, स्याङ्जा र बागलुङ गरी ६ जिल्ला जोड्ने यस सडक खण्डमा कालोपत्रेको काम पनि लामो समयदेखि प्रारम्भ भइसकेको भएता पनि गुणस्तरहीन कालोपत्रे भएपछि अधिकांश ठाउँ बगरमा परिणत भएको हो । निर्माण व्यवसायीहरूको चरम लापरबाही तथा स्थानीय सरकारको पनि यथोचित ध्यानाकर्षण हुन नसक्दा काली गण्डकी कोरिडोर समृद्धिभन्दा पनि अभिशाप बनेको छ ।

    कोरिडोर प्रारम्भ जिल्ला नवलपुरको अधिकांश क्षेत्रमा निर्माण कार्यमा चरम लापरबाही भएको जनगुनासो छ ।

    हरेक वर्ष कोरिडोर स्तर उन्नतिका लागि सरकारले अरबौँ बजेट छुट्याएपनि काम भने कछुवा गतिमा अघि बढिरहेको छ । कोरिडोर स्तरोन्नतिका लागि यस वर्ष १ अर्ब ९८ करोड बजेट छुट्टाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij