शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आरन पेसा बचाउन जुटेको आई.एन.एफ, जसले मुगुमा काम गरिरहेकाे छ

  • प्रकाशित मिति : शनिबार, साउन ६, २०८०



  • मुगु। हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् ।

    जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ दलित समुदायलाई आरन पेशा ब्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आई.एन.एफ मुगुकी सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताईन ।

    उनले भनिन् ‘पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरुलाई केही भए पनि आफ्नो जिविको पार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आबश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसोलगायत सामान वितरण गरेका छाै‌ ।’ व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ ।

    सोरु गाउपालिकाका लालसिंह कामीलगायत अन्य दलित समुदायका नागरिकहरुलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताईन । थोरै लगानीमा पनि यहाँका नागरिकहरुले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताए । उनका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघसंस्थाले जोड दिनु पर्ने बताए ।

    लालसिंह कामीले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ कामीले भने ‘पछि खँलात पनि पाइन छाडे, अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।’ साथै, आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान नै थिएन ।

    आई.एन.एफ संस्थाले सहयोग पछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उनले बताए । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाईका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवी गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij