प्रकाशित मिति : मङ्लबार, साउन ९, २०८०
यात्रुबाहक बसको ब्रेक फेल भई टिपरसँग ठोक्किँदा बसमा सवार १७ यात्रु घाइते भएका छन्।
लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा बसको ब्रेक फेल भएपछि टिपरसँग ठोक्किएको थियो।
घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई दिउँसो साढे ३ बजेतिर ठोक्किएको थियो।
२६ जना यात्रु सवार बसमा १७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij