शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सर्प दंशका बिरामीको प्रभावकारी उपचार गर्न माग

  • प्रकाशित मिति : बिहिबार, साउन ११, २०८०



  • सुशील बस्नेत, तुलसीपुर/ सर्प दंशको प्रभावकारी उपचार गर्न नागरिक समाजले राप्ती प्रादेशिक अस्पतालको ध्यानाकर्षण गराएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम अर्याललाई सर्प दंशको टोकाइबाट घाइते भएकाको प्रभावकारी उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा प्रभावकारी छ भन्ने विश्वास दिलाउन अपनाउनु पर्ने दक्षता, क्षमता र सीप प्रयोग गर्न आग्रह गरिएको मान अधिकार तथा शान्ति समाज दाङका कार्यवाहक सभापति कोमल डिसीले जानकारी दिए ।

    समुदायमा सर्प दंशको उपचार प्रादेशिक अस्पतालमा प्रभावकारी छैन् भन्ने जनगुनासो धेरै रहेको शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेतले मेसु डाक्टर अर्याललाई जानकारी गराए ।

    सर्प उद्वारकर्ता प्रभात भण्डारीले सर्प दंश बिषालु हो वा होईन अस्पतालले उपचारका क्रममा छुट्टाउन सक्नु नै प्रभावकारी उपचारको महत्वपूर्ण प्रक्रिया रहेको बताए । कहिले काही सामान्य अवस्थाको बिरामीलाई बिषालु भनिदिने र बिषालुलाई होइन भन्दा दुबै कारण बिरामीको ज्यान जान सक्ने अनुभव भण्डारीले सुनाए ।

    अस्पतालका मेसु डाक्टर अर्यालले भने, नागरिकहरु गुनासोलाई मध्यनजर गर्दै, सर्प दंशका बिरामीको उपचारलाई थप प्रभावकारी बनाउने बताए । आईसियु, ४ जना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्सको ब्यबस्था हुन सके राम्रो सेवा दिन सकिने प्रतिवद्धता व्यक्त गरे ।

    अस्पतालको सेवा प्रति विश्वास नरहेका सर्पदंशका बिरामी झारपुक वा अन्य ठाउँमा जाने गरेको र जसका कारण थप जोखिम बढेको गुनासो सुनिएपछि मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा सर्प दंश उद्वारकर्ता, लाईन्स क्लब ईसान तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारी, शान्ति समाज दाङका सचिव अमृत प्रसाद शर्मा, सदस्य गोरख वली लगायतका प्रतिनिधिहरुको संयुक्त प्रतिनिधि टोलीले अस्पतालको ध्यानाकर्षण गराएको हो ।

    गत बैशाख यता तुलसीपुर क्षेत्रमा मात्र सर्प दंशका कारण कम्तीमा ५ जनाले ज्यान गुमाएका छ्न । सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको छ । दाङमा करेत र गोमन सर्पको टोकाइबाट धेरै व्यक्तिहरुको ज्यान जाने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij