प्रकाशित मिति : मङ्लबार, साउन १६, २०८०
बाँके । बज्रदल गण, इमामनगर ब्यारेक राँझाले ठूलो क्षेत्रफलमा बृक्षारोपण थालेको छ । सामुदायिक वनबाट आफूले भोगाधिकार लिएको २६ विगाहमा सेनाले वृक्षारोपण शुरु गरेको हो । उक्त खाली जग्गा सेनाको ब्यारेकपछाडि रहेको छ ।
डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सवडिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ को सहयोगमा थालिएको वृक्षारोपणमा सोमबार मात्रै एक हजार पाँच सय विरुवा लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षारोपण गरेका थिए ।
गणपति पौडेलका अनुसार, शीतलचिनी, बकाइनो, नीम, अमला, अम्बालगायत विरुवा रोपिएको छ । २६ विगाहमा पाँच हजार विरुवा रोप्ने तयारी गरिएको छ । दुई हप्तामा सबै रोपि सकिनेछ । बृक्षारोपण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो । नेपाली सेनाको ब्यारेकको ठीक पछाडी रहेको यो ठूलो खाली जमिन अतिक्रमण हुने खतरा थियो । सामुदायिक वनलाई संरक्षण गर्न दिएपनि अतिक्रमण शुरु भइसकेको थियो । नेपाली सेनाले भोगाधिकार लिएपछि जमिन अतिक्रमणबाट हुनबाट बचेको छ । यही नै गल्फ कोर्ट बनाउने तयारी रहेको छ ।
त्यस क्षेत्रका युवा तथा बालबालिकाले लामो समयदेखि छेउको केही ठाउ‘ँलाई खेल मैदान बनाएकाले त्यहाँ खेल्न पाउनुपर्ने बताइरहेका छन् । नेपाली सेनाका सहायक रथी थापाले सबै प्रक्रिया पु¥याएर आएमा केही ठाउँ खेल मैदानका लागि दिन सकिने बताउनुभयो । नेपालगञ्ज उपहानगरपालिकाका मेयर विष्टले पनि खेल मैदानका लागि जग्गा कति हो त्यसको निक्र्यौल गरेर प्रक्रियामा आउन स्थानीयवासीलाई आग्रह गर्नुभयो । वृक्षारोपण भइरहँदा आएका स्थानीयवासीले खेल मैदानका लागि चाहिने जग्गा यकिन गरेर प्रक्रियामा आउने बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij