प्रकाशित मिति : बिहिबार, साउन २५, २०८०
बिनिता शर्मा,काठमाडौँ । धनुषामा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

धनुषा जिल्लाको जनकपुर उप महानगरपलिका ४ विषहरा पोखरीको किनारमा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा, मधेश प्रदेश प्रहरी कार्यालय र जि.प्र.का. धनुषाको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,विशेष अतिथि मधेश प्रदेश प्रहरी कार्यालय जनाकपुरका प्रमुख Digp जनक भट्टराई,मधेश प्रदेश प्रहरी कार्यालय जनाकपुरका ssp प्रविण पोख्रेल,sp महेन्द्र कुमार श्रेष्ठ, जि.प्र.का. धनुषाका sp विश्वराज खडका,मधेश प्रदेश प्रहरी गण जनकपुरका sp हरीहरनाथ योगी लगायत अन्दाजी ७०/८० जना प्रहरी कर्मचारीहरुको उपस्थीतीमा निम र गुलमहर गरी १०० विरूवा रोपेको धनुषाका sp विश्वराज खडकाले जानकारी दिनुभयो ।

साथै सो अबसरमा मातहत भरी ५०० भन्दा बढी बिभिन्न जातका बिरुवा रोपेको sp खडकाले जानकारी दिनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij