शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पुल नहुँदा तुइनको भरमा भेरी वारपार

  • प्रकाशित मिति : शनिबार, साउन २७, २०८०



  • सल्यान । भेरी नदीमा पुल नहुँदा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिकका स्थानीय आफ्नै लगानीमा तुइन निर्माण गरी नदी वारपार गर्दै आएका छन् । सम्बन्धित निकायसँग झोलुङ्गे पुल निर्माणको लागि बारम्बार माग राख्दै आएपनि कसैले चासो नदेखाएपछि स्थानीयले आफ्नै लगानीमा पुलको विकल्पका रुपमा दुई महिनाअघि तुइन निर्माण गरेका हुन् ।

    बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे,लाखर, राइरा र जाजरकोटको भेरीगंगा नगरपालिकाको खाराका दुई दर्जन परिवारले तुइनको प्रयोग गर्दै आएका छन् । पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई केही राहत भएपनि जोखिम भने उत्तिकै रहेको छ ।

    विगतदेखि दलका नेताले विभिन्न बहाना बनाउँदै मागलाई टाल्दै आएकाले दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान असहज भएको र बिरामीलाई उपचारका लागि अस्पताल कठिनाइ भएपछि प्रत्येक घरकाले सक्दो रकम उठाइ झोलुङ्गे पुलको लहरा किनी तुइन बनाएको ६० वर्षीय मानबहादुर घर्तीले बताए । भेरीमा निर्माण गरेको तुइनको लम्बाई १ सय २५ मिटर रहेको उनले जानकारी गराए । ‘तुइनमा बस्ने ठाउँ भएपनि आफैंले डोरी तान्नु पर्छ । दुरी लामो भएकाले हातका छाला जाने गरेका छन्,’ उनले भने ।

    तुइन निर्माण गरेपछि मान्छेलाई भेरी वारपारमा सहज भएपनि बिरामीलाई अस्पताल पुर्‍याउन र दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न अहिले पनि त्यत्तिकै समस्या भएको स्थानीय डिल्ली घर्तीले बताए । वडा कार्यालय, स्वास्थ्यसंस्था तथा विद्यालय टाढा भएका कारण स्थानीय आफ्नै वडाबाट पाउने स्वास्थ्यसेवा लगायत हरेक किसिमको सेवाबाट बञ्चित हुँदै आएको उनले जानकारी दिए । ‘भेरी नदीमा ट्युबबाट वारपार गर्दा धेरै गाह्रो हुन्थ्यो । वर्षातको समयमा बालबालिका विद्यालय जान पाउँदैनथे । अहिले त्यस्तो छैन,’ उनले भने ।

    सरकारले तुइन विस्थापन गर्ने नीति ल्याएपनि पुल निर्माणको लागि बजेट विनियोजन नगर्दा तुइन बनाउनु आफूहरुको रहर नभइ बाध्यता रहेको स्थानीय गोपिलाल आचार्यले बताए । तुइनले बजार तथा विद्यालय जाने बालबालिकालाई सहज भएको र नियमित विद्यालय जान पाएका उनले जानकारी गराए । ‘वर्षातको समयमा तीन महिना बढी स्थानीय बालबालिका विद्यालय जान पाउँदैनथे । विद्यालय जाँदा ठूलाले झन्डै ढाई घन्टाको दुरी पार गर्नुपर्थ्यो । तुइनले दुरी धेरै छोट्याएको छ,’ उनले भने ।

    तुइन निर्माणका लागि व्यक्तिगत रुपमा १५ हजार नगद सहयोग गरेको र ५० हजार पर्ने झोलुङ्गे पुलको लहरालाई २५ हजारमा किनेर ल्याएको वडा अध्यक्ष मनबहादुर खत्रीले बताए । सल्यान र जाजरकोटका दैनिक १०/१५ जनाले तुइनको प्रयोग गर्दै आएका उनले जानकारी दिए । कुनिक नजिकै भेरी नदीमा झोलुङ्गे पुल निर्माणको लागि यो वर्ष प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij