शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

१३ वर्षदेखि जंगलमा बस्दै आएका फडेरा दम्पतीको सहारा वृद्धभत्ता

  • प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०



  • हुम्लाका‍ एक दम्पती विगत तेह्र वर्षदेखि जंगलमा बास बस्दै आएका छन्। घर बर्खाको पानीले भत्किएपछि उक्त दम्पतीले जंगलमा झुपडी बनाएर बसोबास गर्दै आएका हुन्।

    सर्केगार्ड गाउँपालिका- ३ को उनापानी गाउँका कलिवान फडेर र च्यापु फडेराको हातमुख जोर्ने बाटाे भने वृद्धभत्ता भएको छ। यो जोडी गाउँबाट एक घण्टा टाढाको जंगलमा बसोबास गर्दै आएका छन्।

    उमेरले ७४ पुगेका कलिवान र ६४ वर्ष पुगेकी च्यापुलाई सामाजिक सुरक्षा भत्ताले दैनिकीमा धेरै राहत पुर्‍याएको छ।

    घर बर्खाको पानीले भत्काएपछि बनाउन नसकेकाे कारण यसरी जंगलमा झुपडी बनाएर बस्नु परेको श्रीमान् कलिवान बताउँछन्। उनका अनुसार भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था आएको कारण उनीहरू जगंलमा आएर बस्नु परेको हो।

    उनीहरूको एक छाेरा रहेकाे तर नौ वर्षदेखि सम्पर्कविहीन भएकाे कलिवानले जानकारी दिए। छोरा पनि चार वर्षसम्म जंगलमै बसेका थिए। छोरा भारत गएको जानकारी फडेरा दम्पतीले पाएको भए पनि हालसम्म सम्पर्क भने हुन सकेको छैन।

    गाउँले र आफन्तले उनीहरूलाई गाउँमा फर्कनका लागि निकै आग्रह गर्दै आए पनि साे जोडीले गाउँमा जान भने इन्कार गर्दै आएका छन्।

    कलिवानको सुरक्षाभत्ता वार्षिक पच्चीस हजार र च्यापुको २३ हजार आउने गरेको छ। दुवैजनाले साेही भत्ताबाट जीवन धान्दै आएका छन्। सरकार यो भत्ता नदिएको भए बाँच्न कठिन हुने च्यापुले‍ बताइन्।

    कलिवानको शारीरिक अशक्तताले गर्दा दैनिक उपभोग्य सामान च्यापुले नै ल्याउने गर्दै आएकी छन्। बर्खामा पानी पर्दा चुहिने र हिउँमा हिउँको समस्याबाट बच्न कसैले कटेरो निर्माण गरिदिने राम्राे हुने दम्पतीकाे भनाइ छ। बर्खायाममा सर्पको भय पनि उत्तिकै रहेकाे उनीहरूकाे गुनासाे छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij