शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘साधु’ बन्छु भनेर हिँडेका युवकले आफ्नै लिंग काटे

  • प्रकाशित मिति : बिहिबार, साउन ३२, २०८०



  • काठमाडौँ । ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् ।

    ब्लेडले लिंग काटेका युवक उपचार गर्न हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ ।

    ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij