मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जंगली च्याउ खाएर बिरामी परेका आमाछोरीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १, २०८०



  • दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् । साउन २९ गते बेलुका बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

    जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ मैकुटीमा बस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

    यस अघि उनकी ११ वर्षिया छोरी अस्मिता सुनारको साउन ३१ गते मृत्यु भएको थियो । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छोरा, आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij