शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०८०



  • लमजुङ। लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङ जाने एक मात्र बेंसीसहर चामे सडक अवरुद्ध भएको छ । यो सडकको लमजुङ खण्डमा पर्ने बेंसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको डुम्रे बेसीसहर चामे सडक योजनाको कायालयले जनाएको छ ।

    कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले रातभरि पानी परेको र पहिरो सडकमा खसेपछि अवरुद्ध भएको बताए । उनले पहिरो खुलाउने प्रयास भइरहेको बताए ।

    बेंसीसहरदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने खरखरे र ३० किलोमिटरको दुरीमा पर्ने च्याम्चेमा सडक अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् ।

    डुम्रे बेंसीसहर सडक ६५ किलोमिटर सडक दुरीमा छ । उक्त खण्डमा खसेका साना–ठूला झन्डै दुई दर्जन पहिरोका कारण यतिबेला मनाङ पुग्न सकस मात्रै छैन, जोखिम पनि उत्तिकै बढेको छ ।

    बेंसीसहर–चामे सडक खण्डमा सबैभन्दा दुःख दिने पहिरो खरखरेको हो । खरखरे पहिरोमा ढलान गर्न थालिए पनि बर्खायाममा काम गर्न नसकिएपछि पहिरो पन्छाउन निर्माण व्यवसायीले एक्स्काभेटर राखेका छन् । सडक कार्यालयले पहिरो पन्छाउन लमजुङतर्फ रामबजार, श्रीचौर र मनाङतर्फ दानाक्युमा डोजरहरू तम्तयार अवस्थामा राखेको छ ।

    तैपनि वर्षा निरन्तर पर्दा नयाँ–नयाँ ठाउँमा पहिरो खसेर सडक आवागमन समयमै खुलाउन समस्या पर्ने गरेको कार्यालयले बताएको छ । डुम्रे–बेंसीसहर–चामे रामबजार र च्याम्चेमाका साथै मनाङतर्फ निगालोघारी–सिरानतालमा पनि साना–ठूला पहिरो खस्ने क्रम जारी रहेको सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।

    ‘पानी परिरहेकाले समयमा नै पहिरो पन्छाउन सकस भइरहेको छ । नयाँ नयाँ पहिरो खस्दै जाँदा पनि चुनौती थपिएको छ,’ उनले भने, ‘तलबाट पहिरो पन्छाउँदै गयो, माथिबाट खसिरहेको हुन्छ । जोखिम मोलेरै हामीले सडक खुलाउने प्रयास गरिरहेका छौं ।’

    मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण आएको बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । ‘प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको छ । मनाङतर्फ स–साना पहिरो हो, एकाध घन्टामा खुल्छ । मुख्य समस्या लमजुङकै खरखरेको पहिरो हो,’ उनले भनिन् ।

    बर्खा लागेसँगै हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेंसीसहर–चामे सडकमार्ग बाढीपहिरोले तारन्तार अवरुद्ध हुने समस्या बर्सेनि हुँदा स्थानीय मर्कामा पर्दै आएका छन् । बेंसीसहरदेखि चामेमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा पहिरोको बढी समस्या रहेको इन्जिनियर अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij