शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

घुस प्रकरणमा मुछिएका बाँसगढीका प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन हुने

  • प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०८०



  • बर्दिया । बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल घुस प्रकरणमा मुछिएपछि पालिकाले उनीमाथि छानबिन गर्ने भएको छ । सोमबार दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको भन्दै प्रहरीलाई बुझाएका थिए ।

    उनीमाथि करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप लगाउँदै ती कार्यकर्ताले कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएका थिए । पौडेललाई जनप्रतिनिधि र कर्मचारीको रोहबरमा प्रहरीले छाडेको छ ।

    यस सम्बन्धमा बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले घुस प्रकरणको छानबिन गरिने बताए । कार्यपालिकाको बैठक बसेर यस विषयमा छलफलपछि निर्णय गर्नेछौं,’ उनले भने, ‘दोषी ठहर भए कारबाही प्रक्रिया अघि बढ्छ ।’

    यसैबीच बाँसगढी नगरपालिकाका कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् । आरोपित पौडेलसँग भने सम्पर्क हुन सकेन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij