शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

३७ हजारभन्दा बढी मुद्दा प्रधानन्यायाधीश श्रेष्ठका चुनौती

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०८०



  • काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष लामो समयदेखि रिक्त रहेको न्यायाधीशको दरबन्दी पदपूर्ति पहिलो जिम्मेवारी रहेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मंगलबार पदभार ग्रहण गरेसँगै प्रधानन्यायाधीश श्रेष्ठसमक्ष जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्तिका प्रक्रिया तत्काल अघि बढाउनुपर्ने कार्यभार सामुन्ने आएको छ ।

    लामो समयसम्म सबै तहका अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन । संसदीय सुनुवाइमा श्रेष्ठले आफू प्रधानन्यायाधीश भएपछि सबैभन्दा पहिले सबै अदालतमा रिक्त रहेका न्यायाधीशहरूको दरबन्दी पूर्तिका लागि बुधबारदेखि नै प्रक्रिया अघि बढाइने बताउनुभएको थियो ।

    सर्वोच्च, उच्च र जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित बन्दै आएको छ । यस अवस्थामा सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको हो ।

    संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठको नाम अनुमोदन गरेको थियो । न्यायपरिषद्का अनुसार सर्वोच्च अदालतमा सात, उच्च अदालतमा ५४ र जिल्ला अदालतमा समेत ४० भन्दा बढी न्यायाधीशको पद रिक्त छ । यसले गर्दा दिपायल उच्च अदालतबाहेक सर्वोच्च अदालतमा सातका साथै अन्य सबै उच्च अदालत कामुको भरमा सञ्चालन हुँदै आएको छ ।

    असोजमा सर्वोच्चका न्यायाधीश अनिल सिन्हा र फागुनमा ईश्वरप्रसाद खतिवडाले अवकाश पाउँदै हुनुहुन्छ । पहिलेजस्तै नियुक्तिमा ढिलाइ भए खतिवडाको अवकाशपछि सर्वोच्चमा न्यायाधीशको संख्या घटेर १२ मा झर्नेछ । त्यतिबेला कुल इजलास संख्याको आधा मात्रै न्यायाधीश रहने अवस्था आउँछ ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij