आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोशी अस्पतालका डा.कर्णले दर्जनभन्दा बढी शिशु बेचेको खुलासा

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०८०



  • काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

    डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछी पक्राउ परेका हुन् ।

    कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती पनि पक्राउ परेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहानामा कोशी अस्पतालमा भर्ना भएकोमा हिजो डिस्चार्ज भएपछी हिरासतमा लिइएको हो ।

    कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    डा. कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौंका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको पुष्टी भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij