शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला

  • प्रकाशित मिति : शुक्रबार, भदौ १५, २०८०



  • शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्।

    चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए।

    नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन।

    सिडिओ न्यौपानेका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ।

    जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ। तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने सिडिओ न्यौपानेले जानकारी दिए।

    २०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन।

    यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

    अमेरिकाको न्यु योर्कमा हुने ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएपछि प्रधानमन्त्री दाहाल त्यहाँबाट सोझै चीन जाने कार्य तालिका छ। उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij