मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लुम्बिनी प्रदेशको स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन २०८० तयार

  • प्रकाशित मिति : बुधबार, भदौ २७, २०८०



  • बर्षात ओली,दाङ। लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरि अन्तिम रुप दिइएको छ ।

    स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताउनु भयो । चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरुबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शन माथि छलफल गरीएको हो ।

    छलफलबाट अन्तिम रुप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्री स्तरीय निर्णयबाट स्विकृत गरि कार्यान्वयनमा ल्याइने छ । स्वास्थ्य सचिव डा. जर्नादन पन्थीको अध्यक्षतामा भएको परामर्ष बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुनेगरि मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताउनु भयो ।

    मन्त्री खनालले चालु आर्थिक वर्षका कार्यक्रममा तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो । कार्यक्रम कार्यान्वयनका लागी निर्माण हुन बाँकी रहेका कार्याविधि एक साता भित्र निर्माण गर्न निर्देशन दिदै मन्त्री खनालले योजाना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाई नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखी सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनु भयो । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरि दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालहरुबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरि १५७ वटा कार्यक्रमको मार्गर्दशन तयार भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij