शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजका लागि बोलाइको बागमती प्रदेशसभाको बैठक स्थगित

  • प्रकाशित मिति : शुक्रबार, भदौ २९, २०८०



  • मकवानपुर । विशेष कारण देखाउँदै बागमती प्रदेशसभा बैठक एक दिनका लागि पर सारिएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक शनिबार दिउँसो ११ बजेका लागि सारिएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

    सचिवालयका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने र शनिबारका लागि बैठक बोलाउन निर्देशन दिएका थिए । सोही अनुसार सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सरिएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए । निर्देशन अनुसार बिहीबार नै सम्पूर्ण सांसदहरूलाई सूचना प्रवाह गरिएको उनले बताए ।

    सचिवालयका अनुसारको शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने छ

    यसअघि भदौ २४ गते बसेको प्रदेशसभा बैठकमा सो विधेयकहरू पेस भई सैद्धान्तिक छलफल भएको थियो । बैठकमा शोक सभासमेत रहने प्रवक्ता गुप्ताले बताए । संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक स्थगित हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij