शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गरिब घरपरिवारको सूचीबाट ‘हुनेखाने’ को नाम हटाइँदै

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • खोटाङ, असार ८ – खोटाङमा गरिब घरपरिवारको सूचीबाट ‘धनी र हुनेखाने’ को नाम हटाउन अभियान थालिएको छ । आर्थिक वर्ष २०६९/०७० मा संकलन गरिएको गरिब घरपरिवारको तथ्यांकमा समावेस भएका ‘धनी र हुनेखाने’ को नाम हटाउन अभियान सुरु गरिएको हो ।

    जिल्लाको एक नगरपालिका र ७२ गाविसमा असार १ गतेदेखि सार्वजनिक सूचना टाँस गरेर उजुरी आह्वान गरिएको गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सुचना प्रविधि अधिकृत प्रविण पोखरेलले बताउनुभयो । गरिब घर परिवारको सूचीमा पर्नबाट छुटेका परिवारलाई समेट्न र नपर्नुपर्ने परिवारलाई हटाउनकालागि पुनरावलोकन र छानबिनको काम अन्तिम चरणमा पुगेको छ ।

    गरिब घर परिवारमा शिक्षक, गाविस सचिव, कर्मचारी र हुनेखान धनी परिवार समेत समावेस भएको पाइएकाले उनीहरुको नाम सूचीबाट हटाउने काम भइरहेको समितिले जनाएको छ ।

    गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिले जिल्लाका राजनीतिक दललाई जिल्लामा अहिलेसम्म ८ हजार ६६४ गरिब घर परिवारको पहिचान भएको जानकारी दिएको छ । यस्तै ५ हजार ३४ परिवारको भने तथ्यांक अधुरो रहेकाले फेरि सच्याउनुपर्ने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij