शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

९ सय २० के.जी.गाँजासहित दुई जना नियन्त्रणमा

  • प्रकाशित मिति : सोमवार, अशोज १, २०८०



  • बिनिता शर्मा,काठमाडौ। सशस्त्र प्रहरीले फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको ९ सय २० के.जी.गाँजासहित दुई
    जनालाई पक्राउ गरेको छ ।

    भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव ९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन् ।

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले उनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थित पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

    चितवनको खुरखुरेबाट बिरगंजतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५ नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साईडको भित्तामा झण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै
    गरेको उल्लेखित गाँजा फेला पारेको हो । नियन्त्रणमा लिइएकाहरु सो कन्टेनरको चालक तथा सहचालक रहेका छन् ।

    नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको, सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij