शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सशस्त्र प्रहरीका १९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई

  • प्रकाशित मिति : मङ्लबार, अशोज २, २०८०



  • ????????????????????????????????????

    बिनिता शर्मा,काठमाडौ । सशस्त्र प्रहरीका १९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई गरिएको छ ।

    ????????????????????????????????????


    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई असोज २ गते सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बीच हार्दिक बिदाई गर्नुभएको छ ।

    ????????????????????????????????????


    सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागि हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो।

    ????????????????????????????????????


    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताउनुभयो।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष बिश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको,सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij