शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हमाल दम्पत्तीद्वारा राप्ती प्रादेशिक अस्पताललाई सिबीसी मेसिन हस्तान्तरण

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०८०



  • दाङ/ नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापती तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.ली.का अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सीबीसी मेसिन मेसिन हस्तान्तरण गरेका छन् । हमाल दम्पत्तीले २६ औं वैवाहिक वर्षगाठको अवसर पारी अस्पताललाई रगत जाँच गर्ने सिबीसी मेसिन हस्तान्तरण गरेका हुन् ।

    बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेसिन हस्तान्तण गरेका छौ हामलले भने, ‘रिफरल सेन्टरको रुपमा मात्र नभएर यहाँ आएपछि उपचार हुन्छ भन्ने विश्वासको वातावरण अस्पतालले बनाउनु पर्छ ।’ यो हामी सबैको दायित्व हो ।

    कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यैपानेले अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले हिजोका दिनहरुमा पचास बिरामीले सेवा लिने गरेको अस्पतालमा आजभोलि दैनिक हजार बढी बिरामीहरुको चाप भैरहेको भन्दै उनले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

    हालै लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई पाँच सय बेडको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको छ तर प्रक्रिया अघि बढन सकिरहेको छैन् । जसका कारण थप दवाब र समन्वयको खाँचो देखिएको नागरिक अगुवाहरुको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij