शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाँजा बोकेको सुमो गाडी तथा मोटरसाईकलसहित छ जना व्यक्ति नियन्त्रणमा

  • प्रकाशित मिति : शनिबार, अशोज १३, २०८०



  • बिनिता शर्मा,काठमाडौ। सशस्त्र प्रहरीले गाँजा बोकेको सुमो गाडी तथा मोटरसाईकलसहित छ जना व्यक्ति नियन्त्रणमा लिएको छ ।

    सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजा बोकेको सुमो गाडी र मोटरसाईकलसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएकाहरु भारत घर बताउने ३६ वर्षिय महोमद सिराज, २० वर्षिय अस्ताजु आलम १९ वर्षिय नसिम आलम, ५२ वर्षिय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षिय ओम प्रकाश साह र २० वर्षिय शिवम साह छन् ।
    बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको उल्लेखित परिमाणको गाँजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो । भने प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको
    मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको,सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij