प्रकाशित मिति : शनिबार, अशोज १३, २०८०
आजबाट सोह्र श्राद्ध शुरु भएको छ ।
आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
यस अवधिमा पितृ पक्षमा श्राध्द गर्ने श्राध्दकर्ताले पितृपक्षभर सात्विक भोजन गरी ब्रह्मचर्यमा रहनु पर्दछ । यस अवधिभर कुनै देवस्थलमा जानु पनि निषेध गरिएको छ ।
श्राध्दको अघिल्लो दिन कपाल खौरी हात गोडाका नङ काटी एकछाक खानु पर्दछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij