शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दशैंका लागि खसी, बोका र च्यांग्रा ल्याउने खाद्यको तयारी, बजार मूल्यभन्दा सस्तो पर्ने

  • प्रकाशित मिति : सोमवार, अशोज १५, २०८०



  • काठमाडौं । सरकार र व्यापारीहरुले यो वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा र व्यापारीहरुले ५० हजार खसीबोका तथा १० देखि १५ हजार च्यांग्रा ल्याउन लागेका हुन् ।

    नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब धेरै दिन बाँकी छैन । दशैंमा सबैभन्दा बढी खपत मासुको हुने गर्दछ । वर्ष भरीमा हुने खपत भन्दा दशैंमा मात्रै हुने खपत बढी हुने गर्दछ । माग उच्च हुने भएकाले व्यापारीहरुले पनि चाडबार्डलाई नै कमाउने मौकाको रुपमा लिने गर्दछन् । तर, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा केही मात्रामा खसी बोका र च्यांग्रा बेचेर व्यापारीहरुको मनपरी मूल्यलाई नियन्त्रण गर्ने कोशिस गर्दै आएको छ ।

    यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार जति खसी बोका र एक हजार बढी च्यांग्रा उपत्यकामा ल्याएर एउटा मूल्य निर्धारण गर्ने भएको छ । गत वर्षहरुमा भारत र तिब्बतबाट समेत खसी बोका र च्यांग्रा ल्याउने गरिएकोमा यो वर्ष स्वदेशी उत्पादनबाटै माग धान्ने गरी तयारी भईरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ६ करोड ४३ लाख बजेट राखेको कम्पनीले पोहोरको दशैंमा २३ सय खसीबोका र च्यांग्रा खरिद गरेको थियो । यसपालि ३ हजार खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रबन्धक शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

    बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरी कम्पनीले खसी, बोका र च्यांग्रा बिक्री गर्दै आएको छ । जस कारण प्रतिगोटा खरिदमा तीन–चार सय रुपैयाँसम्म सस्तो पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रबन्धक शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

    व्यापारीहरुले भने ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा उपत्यका भित्र्याउने जनाएका छन् । ३५ देखि ४० किलोको खसीको मूल्य २० देखि २२ हजार पर्ने व्यापारीहरुको भनाइ छ । तर, एउटा च्यांग्राको औषत मूल्य भने ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्ने उनीहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij