शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राप्तीसोनारीले भूमिहीनलाई निस्सा वितरण कार्य अघि बढाउँदै

  • प्रकाशित मिति : बुधबार, अशोज २४, २०८०



  • बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नं. ४ मा ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु गरेको छ । राप्तीसोनारीले भूमि आयोगको सहयोगमा वडा नम्बर ४ राजपुर टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर जग्गाको नापजाँच सुरु गरेको हो ।

    उक्त वडाका वडाध्यक्ष मिनराज खड्का (सन्तोष), राप्तीसोनारी गाउँपालिका अन्तर्गत भूमि आयोगका अमिन शेरबहादुर रोका नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सचिव होम सूर्य केसी लगायतको उपस्थितिमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले ऐलानी जग्गाको कित्ताकाट र नक्सांकन कार्यको औपचारिक सुरुवात गरेका थिए । उक्त कार्यक्रममा अध्यक्ष पौडेलले तीव्र गतिमा जनताको जग्गाको काम गर्न प्रविधिकहरुलाई निर्देशन समेत दिएका थिए ।

    पालिका अध्यक्ष पौडेलले सबै वडाका जनतालाई लालपूर्जा दिनसके अहिलेको जनप्रतिनिधिको निकै ठूलो उपलब्धि हुने बताउँदै भने, ‘कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरणमार्फत समस्यालाई सुल्झाइन्छ र काम अगाडि बढाइन्छ ।’

    वडाध्यक्ष खड्काका अनुसार राजपुर टोलका १ सय ४० जना स्थानीयलाई निस्सा वितरण गरिएको छ । आगामी फागुनसम्म वडाको सबै ऐलानी जग्गाको काम सक्ने गरी काम अघि बढेको उनले बताए ।

    ‘नयाँ वर्ष २०८१ सम्ममा सबैलाई लालपुर्जा दिने हाम्रो उद्देश्य हो । त्यसको लागि तीव्र गतिमा काम हुनेछ,’ खड्काले भने ।

    राप्तीसोनारीले जग्गा नापजाँच गर्दा आइपर्ने समस्या समाधानका लागि एउटा टिम समेत बनाएको छ । वडा अध्यक्ष खड्काको संयोजकत्मा वडा सदस्यहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरी ११ सदस्यीय सहजीकरण समिति निर्माण गरिएको छ ।

    यसअघि पनि राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरेको थियो । पालिकाले यस अघि वडा नम्बर १ मा गाउँ ब्लक जग्गा अन्तर्गत ४७ घरधुरीलाई लालपूर्जा वितरण गरेको थियो ।

    वडा कार्यालयले पालिका अध्यक्ष पौडेल, नापी कार्यालय बाँकेका प्रमुख सहदेश सुवेदी लगायतको उपस्थितिमा स्थानीय बासिन्दालाई लालपूर्जा वितरण गरेको थियो भने अन्यलाई पनि लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ ।

    उक्त जग्गाको लालपूर्जाका लागि २०७२ सालदेखि प्रक्रिया अघि बढाइएको थियो । सबै प्रक्रिया पूरा गरेर नापीले स्थानीय वासिन्दालाई उक्त जग्गाको पूर्जा दिएको हो । त्यस्तै राप्तीसोनारीको वडा नम्बर ३ मा पनि निस्सा वितरण सुरु गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ३ मा मात्रै भूमिहीन दलित २६, भूमिहिन सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि निस्सा वितरणको काम सुरु भएको राप्तीसोनारीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij