शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०८०



  • काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा गरिन्छ ।

    महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । यस दिन पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने गरिन्छ ।

    हाअष्टमीको राती गरिएको कालरात्रिको पूजा पूर्ण गर्नका लागि महानवमीमा हवन गर्ने विधि छ । खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । आजको दिनसम्म शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ ।

    महानवमीमा तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ ।

    दसैंको नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ भने नवदुर्गाको प्रसाद दशमीका दिन लगाइन्छ । महानवमीको दिन आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ ।

    महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

    यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने चलन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij