शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०८०



  • म्याग्दी। मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।

    म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए।

    “जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने, “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु। तेइस करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।”

    मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए। गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो।

    प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई रु। १५ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए।

    कृषकले प्रतिगोटा रु। ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्यांक छ

    पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुुरुङले बताए। तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ।

    हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुुको खपत बढी हुने गर्छ।

    मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन्। पैसठ्ठी ठूला च्याङग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन्। हिमचितुवा, ब्वासो र जंगली कुुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

    तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु। २५ हजार थियो। कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए। बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij