शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

२०० करोड नजिक पुगे विजय थलापती

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०८०



  • दक्षिण भारतका सुपरहिट अभिनेता विजय थलापतीको बहुप्रतीक्षित फिल्म ‘लियो’ ले जम्मा चार दिनमा १८१ करोड भारूभन्दा बढीको कारोबार गरेको छ।

    भारतबाहेक अन्तर्राष्ट्रिय कारोबारसमेत जोड्दा यो फिल्मले अहिलेसम्म २५० करोडभन्दा बढीको कमाइ गरिसकेको छ।

    लोकेश कनागराज निर्देशित यो फिल्म अक्टोबर १९ मा रिलिज भएको हो।

    यसले पहिलो दिन नै करिब ६५ करोड भारूको कारोबार गरेको थियो। दोस्रो दिनको कारोबार भने लगभग आधा घटेर ३५.२५ करोडमा सीमित हुन पुग्यो।

    फिल्मले तेस्रो दिन फेरि आफ्नो सफलताको झन्डा गाड्यो। यसको तेस्रो दिनको कारोबार करिब ४० करोड भारू रह्यो, जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढी हो। चौथो दिन आइतबार पनि फिल्मले ४१ करोड भारू कमाएको छ।

    फिल्ममा विजय थलापतीका अतिरिक्त सञ्जय दत्त, अर्जुन, तृसा, मेडोना सेबास्टियन लगायतको मुख्य भूमिका छ।

    यो फिल्मले समीक्षकहरूबाट पनि राम्रो प्रशंसा बटुलिरहेको छ। यसको कथा, प्रस्तुति, कलाकारहरूको अभिनय र छायांकनको सबैले तारिफ गरेका छन्।

    तमिल एक्सन थ्रिलर ‘लियो’ हिन्दी भाषामा पनि प्रदर्शन गरिएको छ।

    लोकेश कनागराज र विजय थलापतीले यसअघि ‘मास्टर’ मा सँगै काम गरेका थिए, जुन सुपरहिट भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij