शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष यादवको निधन

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०८०



  • जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ । करिब डेढ महिना देखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राति पौने १२ बजे निधन भएको युवा नेता दिपक यादवले जानकारी दिए । ३८ वर्षीय यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका थिए । यादवको वीर अस्पतालमा निधन भएको हो ।

    अल्पआयुमै भएको यादवको निधनले पार्टी र जसपा पार्टीलाई अपुरणीय क्षति भएको जसपाका नेता एवं परवानीपुर गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए । उनका अनुसार यादव आन्दोलनको जायज मागको अगुवार्इ पार्टी प्रती लगनशील , इमान्दार र सहयोगी भावनाका ब्यक्ति थिए ।

    उनको बुधबार दिउँसो १ बजे हिन्दु पराम्परा अनुसार अन्त्येष्टि हुने साहले बताए । मधेस आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आवद्ध भएका थिए । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमाल निवासी उनी केहि समय लोसपाका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनारको सचिवालयमा काम गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij