शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ९, २०८०



  • सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेका छन् । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका हुन् ।

    दसैँ लागेएता जुगल गाउँपालिकामा सयभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । दुई समुह हिमाल चढ्न आएका छन् भने अरु समुह हिमालमुनि रहेको नेपेमासालसम्म आएका छन् ।

    जुगल हिमाल क्षेत्रको आरोहणमा आएका दुई समुह अहिले याङ्खर्क बेसक्याम्पमा छन् । एउटा समुह ६,७३७ मिटर अग्लो फुर्वाघेच्यु हिमाल आरोहण गर्न प्रयत्न गरिरहेका छन् । अर्को समुह जुगल–३, जुगल–४ र जुगल–५ मध्ये कुनै एक चढ्ने योजनामा छन् । यी सबै भर्जिन हिमाल हुन् । नेपाल सरकारले गत वर्षमात्रै यी हिमालको आरोहण अनुमति खुला गरेको थियो ।

    पर्यटन विभागमा दुई सय डलर तिरेपछि जुगल हिमाल आरोहण गर्न अनुमति पाइन्छ । आरोहीमध्ये एक समुह जुगल गाउँपालिकाको गुम्बा हुँदै बेसक्याम्प पुगेका छन् भने अर्को समुह मेलम्ची, भोताङ, पाँचपोखरी हुँदै जुगलको दीपु निस्केर याङ्खर्क पुगेका छन् । दुबै समुहले हिमाल आरोहण प्रयासलाई जारी राखेका छन् ।

    यसअघि ६,१५० मिटर अग्लो ग्याल्जेन पिकको सफल आरोहण भइसकेको छ । हिमाल आरोहण र पर्यटन क्षेत्रलाई मजबुत पार्न स्थानीय सरकार लागिरहेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । पर्यटक आगमनलाई ध्यान दिएर बिकट भूगोल भएपनि पूर्वाधारको काम जारी रहेको उनले बताए।

    भौगोलिक कठिनाइ र पूर्वाधारकाे विकास नहुँदा थुप्रै काम अधुरा

    विदेशी पर्यटक आउँदा आवश्यक पूर्वाधार तयार पार्न स्थानीय सरकार लागिपरे पनि भौगोलिक कठिनाइले थुप्रै काम अधुरा छन् । जुगल क्षेत्रको माथिल्लो बस्ती र हिमाली आधार क्षेत्रमा फोन लाग्दैन । गाउँमा विद्युत पुगेको छैन । गोरेटो बाटो पनि भरपर्दा छैनन् । पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक रहेको सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले बताए ।

    जुगल क्षेत्रमा हिमाल आरोहण गर्ने र पर्यटक बढेको बताउँदै जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्षसमेत रहेका तामाङले बेसक्याम्प पुग्ने बाटो राम्रोसँग बनाउन आवश्यक रहेको औँल्याए ।

    यस क्षेत्रमा होटेल नभएकोले पर्यटक आफैले काठमाडौंबाट खाद्यसामग्री लिएर जानुपर्ने बाध्यता छ । पूर्वाधार निर्माणमा ध्यान दिनसके यस क्षेत्रमा पर्यटक अझै बढ्ने र स्थानीय उत्पादनबाट आम्दानी लिनसक्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij