शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्तो छ नेपालमा भूकम्पको इतिहास

  • प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८०



  • काठमाडौं । नेपाल ज्यादै भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । भूकम्पको इतिहासलाई हेर्दा नेपालमा हरेक पाँच सयदेखि हजार वर्षको बीचमा ८ म्याग्निच्युडमाथिका भूकम्प र सय वर्षको अन्तरालमा ७ म्याग्निच्युड आसपासका भूकम्प जाने गरेको विज्ञहरुको विश्लेषण छ । दैनिक रुपमा भूकम्प भने गईरहेका हुन्छन् । तर, सामान्यतः ३ म्याग्निच्युडमाथिका भूकम्प मात्रै महशुस हुने गरेको छ ।

    विभिन्न ऐतिहासिक तथ्यहरुमा आधारित भएर नेपालमा भूकम्पको विषयमा गरिएका अध्ययन तथा अभिलेखहरुमा नेपालमा १२१८ सालमा ठूलो भूकम्प गएको तथ्य रहेको छ । सो भूकम्पमा परी राजा अभय मल्लकै मृत्यु भएको हस्तलिखित आधार फेला परेका छन् । यस्तै, १३१६ सालमा गएको अर्को ठूलो भुकम्पले पनि निकै ठूलो क्षती पुर्याएको र भोकमरी ल्याएको इतिहास छ ।

    यस्तै, १४०१ सालको दशैंको फूलपातीका दिन निकै ठूलो भूकम्प गएको र राजा अरि मल्लको मृत्यु भएको पनि लिखित इतिहास छ । ठूला भूकम्पहरुको लिखित प्रमाण फेला परेको १२१८ देखि २०७२ सम्ममा ५० वटा ठूला भूकम्प गएको अभिलेख छ ।

    तर, १९९० माघ २ गतेको भूकम्पले पुर्याएको क्षतिको भने विस्तृत विवरण उपलब्ध छ । संखुवासभाको चैनपुरलाई केन्द्रविन्दू बनाएर गएको ८ दशमलव ४ म्याग्निच्युडको सो भूकम्पले देशमा भयंकर ठूलो क्षति गरेको लिखित ईतिहास छ । सो भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो । देशभर २ लाख ७ हजार ४० वटा संरचना भत्किएका थिए ।

    ८२ वर्षपछि २०७२ साल वैशाख १२ गते गएको भूकम्पले अर्को विपत्ति निम्त्याएको थियो । जसमा परी ८ हजार ५५६ जनाले ज्यान गुमाए भने २२ हजार ३०९ जना घाइते भएका थिए । २०७२ सालको भूकम्पले ३२ वटा जिल्लाका १० लाख घरमा क्षति पुर्याएको थियो । तर, सो भूकम्पले पश्चिम नेपालमा त्यति प्रभाव पारेको थिएन ।

    पछिल्ला वर्षहरुमा भने पश्चिम नेपालमा पटक–पटक भूकम्प जाने क्रम बढेको छ । केही महिना यता मात्रै डोटी, बझाङ र अहिले जाजरकोटमा गरी ५ म्याग्निच्युड माथिका तीन वटा भूकम्प गईसकेका छन् ।

    भूकम्पविद्हरु पश्चिम नेपालमा पाँच सय वर्ष यता ठूलो भूकम्प नगएकाले अहिले पनि ठूलो भूकम्पको जोखिम नटरेको बताउँछन् । भूकम्पको इतिहासको अध्ययनबाट यसो भनिएको हो । त्यसैले आजै वा भोलि नै ठूलो भूकम्प जान्छ भन्ने चाहीँ होइन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij