आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज रातिदेखि एमडीएमएस प्रणाली लागू हुने, दर्ता नभएका मोबाइल नचल्ने

  • प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०८०



  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज) रातिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस लागू भएपछि अवैध रुपमा भित्र्याईका र दर्ता नगरिएका महँगा मोबाइल फोनहरुमा सेवा अवरुद्ध हुने छ ।

    कात्तिक २० गते (सोमबार) रातिदेखि अवैध रुपमा ल्याइएका केही महँगा र टेक्नोलोजीका मोबाइलमा सेवा बन्द गरेर एमडीएमएस कार्यान्वयन गरिने छ । एमडीएमएसमा दर्ता नगरि चलाइएका त्यस्ता झण्डै ८ सय देखि १ हजार वटा सेटमा सेवा बन्द हुने छ । ती मोबाइल फोनहरुमा भ्वाइस, डेटा र इन्टरनेट सेवा रोकिने छ भने बिस्तारै दर्ता नगरी चलाइएका अन्य मोबाइलमा पनि सेवा अवरुद्ध गरिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।

    प्राधिकरणले आइफोन र एक लाखमाथिका मोबाइल सेट दर्ताका लागि १० हजार, एक लाख भन्दा सस्तो मूल्यका स्मार्टफोनका लागि ३ हजार र अन्य मोबाइलका लागि २ सय रुपैयाँ दर्ता शुल्क तोको छ । उक्त शुल्क तिरेर एमडीएमएसमा आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । विदेशबाट आउनेहरुले लुकाएरका ल्याएका मोबाइललाइ ग्रे लिस्टमा राख्ने गरिएको छ । प्राधिकरणको तथ्यांक अनुसार झण्डै ६० लाख मोबाइल दर्ता हुन बाँकी रहेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    २०७९ साल भाद्रदेखि प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि हालसम्ममा ९० हजार थान मोबाइल एमडिएमएस प्रणालिमा दर्ता भैसकेको पनि प्राधिकरणले जनाएको छ । तर २०७९ भदौ भन्दा अघि नेपाल ल्याइएका मोबाइल फोन भने दर्ता गर्न नपर्ने पनि प्राधिकरणले जनाएको छ । अहिले पनि विदेशबाट नियम अनुसार ल्याएका मोबाइललाई निःशुल्क दर्ता गर्नु सकिने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    सरकारले दिएको सुविधा अनुसार आयात गरिएका मोबाइल सेट भने दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निःशुल्क दर्ता गराउन सकिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij