शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जाजरकोट भूकम्प पीडित चिसो जाडोमा

  • प्रकाशित मिति : बुधबार, कार्तिक २९, २०८०



  • राजेश जिसी,जाजरकोट । सबै तिहार मनाउन व्यस्त भईरहदा उता जाजरकोट भूकम्प पीडित भने खुला आकाशमा रात बिताउन बाध्य छन् । उद्धार पछिको राहत र पुर्नस्थापना भनिए पनि उनीहरु चाडबार्डमा पनि खुल्ला आकाशमा रात बिताउन बाध्यछन् । पुगेको राहत बाडीचुडी गरेर गुजारा गरे पनि कठ्याङ्ग्रीदो जाडोले उनीहरुको स्वास्थ्य अवस्था बिग्रेको मात्र छैन बिरामीसमेत पर्न थालेकाछन् ।

    बढ्दो जाडेले गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बालबबलिकाको स्वास्थ्य अवस्था दयनिय बन्दै गएको छ । चिसो मौसम सुरु भइसकेको हुँदा पहिलो प्राथमिकता छाना, नाना र खाना भए पनि उनीहरुले पर्याप्त मात्रामा महशुस गर्न पाएका छैनन् । भूकम्पमा परेर मर्नेहरु मरे तर, बल्लतल्ल बाँचेकाहरुलाई पनि अहिले सास्ती छ । हुन त सरकारी र केहि गैरसरकारी संघसंस्थाहरु कात्तिक १७ गतेको भूकम्पपछि १८ गते देखि नै राहत र उद्धारको काममा जुटे । तर, त्यतिले मात्र पर्याप्त भएको देखिंदैन । सरकारले तिहारपछि अस्थायी टहरा बनाउने भनिए पनि तिहारको समयमा भूकम्पपीडित जाडोमा कठ्याङ्ग्रीएका छन् ।

    पहिलो चरणमै डब्लु एचएच, जमर्ननसरकारलगायतको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले पनि भूकम्पपीडितको लागि राहतलगायत दिर्घकालिन योजनाको कार्यक्रम स्थानीयस्तरमा पु¥यायो । मुख्य गरेर जाजरकोटको भेरी नगरपालिका, शिवालय गाउँपालिका र रुकुम पश्चिममा सानी भेरी र आठबिस नगरपालिकामा आरआरनले ३७ सय भन्दा बढी घर परिवारलाई राहतस्वरुप खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । आरआरएनका अध्यक्ष डा. अर्जुन कार्कीले सुत्केरी, गर्भवती, बालबालिका, बुढाबुढीको अवस्था दयनीय भएको भन्दै त्यसक्षेत्रमा तत्कालिन राहत र दिर्घकालीन रुपमा घर टहरा निर्माणसंगै बालबालिका, महिलाको स्वास्थ्य शिक्षा, कृषि,पोषणजास्ता कामलाई अगाडि बढाउन्ु पर्ने खाँचो रहेको बताउनुभयो ।

    त्यसमा पनि पोषणयुक्त खाना, पानी, सरसफाइ लगायत मनोसामाजिक परामर्श विशेष सवालका रुपमा उठेका छन् । पुराना माटो र छाना ढुंगा भएका परम्परागत घरहरु सबै पूर्ण रुपमा क्षति भएका छन् भने अन्य घरहरु आंसिक क्षति भएका छन् । डब्लुएचएकका कन्ट्री डाईरेक्टर सोकेब नाबीले जाजरकोट र रुकुम पश्चिमजस्तो दुर्गम र पीछडीएको क्षेत्रमा भूकम्पले विकासलाई झनै पछाडी धकेलेको भन्दै बिकासलाई नयाँचरणबाट अगाडी बढाउनु पर्ने बताउनुभयो । सबै घर ध्वस्त भएको, मानवीय संकट बढेको, महिला ,बालबालिकाको शिक्षा पोषण र स्वास्थ्मा असर पुगेकाले अन्तराष्ट्रिय जगतले पनि सहयोगर्नु पर्ने बताउनुभयो ।

    डब्लुएचएचको सहयोगमा त्रिपाल, कम्बल, बालबालिकाका लागि न्याँनो कपडा, सरसफाई किट, खानेपानी फिल्टर, सर्वोत्तम पिठो, आदि वितरण गर्ने काम पहिलो चरणमा सकेको छ । आरआरएनले पनि त्रिपाल, वाटर फिल्टर, कम्बल, हाइजिन किट लगायत खाद्य सामाग्रीहरु रुकुम (पश्चिम)को डिडिएमसीमार्फत आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा वितरण गरेका वितरण आरआरएनका विपत् फोकल पर्सन डा. सुरेश तामांगले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij