शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशनः, सेवा प्रवाहलाई छिटो छरितो बनाउनोस्

  • प्रकाशित मिति : बिहिबार, मंसिर ७, २०८०



  • गोपाल शर्मा भट्टराई, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनु भएको छ । विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

    मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोहि अनुसार गर्न निर्देशन दिनु भयो । जिम्मेवारी पूणर्रुपमा निर्वाह गरौ सेवाग्राहीको सेवा र योजना कार्यान्वयनमा गम्भीर बनौ, मुख्यमन्त्री चौधरीले भन्नु भयो, काम छिटो छरितो गरौ र उपलब्धी बढाउ । उहाँले कार्यसम्पादनलाई प्रभावकारी बनाइ उपलब्धी बढाउन समेत आग्रह गर्नुभयो । अहिले प्रदेश सरकारको कार्य सम्पादन र उपलब्धी भने अनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुदैन, उहाँले भन्नु भयो, सरकारको कामको गति सुस्त भयो, उपलब्धी बढाउ, भएको प्रगति सार्वजनिक गरौ । चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति, उपलब्धी र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रुपमा लिन आग्रह गर्नु भयो ।

    मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरु भन्दा पनि आबश्यक योजनाहरु कार्यान्वयनमा चासो दिन समेत आग्रह गर्नु भयो । उहाँले मन्त्रालयको लक्ष र उदेश्यमा रहेर नीति निर्माण गर्न र सोहि अनुसार काम गर्न समेत आग्रह गर्नु भयो । उहाँले त्यहि अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गर्नु भयो । त्यसै गरे योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिनु भएको छ ।

    बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गर्नु भयो । उहाँले अबको समय पूणर्रुपमा कार्यान्वयनको भएको हुदा त्यसमा दत्तचित्त हुन आग्रह गर्नु भयो । मन्त्रालयका सचिवहरुले मन्त्रालयले योजना र बजेट कायौन्वयनका लागि नीति विधि हरु बनीसकोकोले अव काममा लाग्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij