शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘सी फुड’मा बढ्दै नेपालीको रुचि, ४ महिनामै बाहिरियो ३० करोड

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०८०



  • काठमाडौँ । भन्सार विभागको तथ्याङ्कले नेपालीको रुचि ‘सी फुड’ तर्फ बढ्दै गएको देखाएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमै विदेशबाट ‘सी फुड’ आयातमा करोडौं रुपैयाँ बाहिरिएको देखाएको हो ।

    चालू वर्षको साउनदेखि कात्तिक महिनासम्मको अवधिमा नेपालमा ३० करोड ३४ लाख रुपैयाँ बराबरको ‘सी फुड’ आयात भएको छ । यो सूचीमा प्रशान्त महासागरको सल्मान माछादेखि क्याट फिस, झिँगे माछा र कार्प माछा छन् । यस्तै, गँगटा र अक्टोपसमा समेत नेपालीको रुचि बढ्दै गएको देखिन्छ ।
    यस अवधिमा १२ लाख ४२ हजार रुपैयाँ बराबरको जिउँदा माछा भित्रिएका छन् । यस्तै, ५८ लाख रुपैयाँभन्दा धेरैको एन्कोवी माछा, साढे २ करोड बराबरको अन्य माछा आयात भएका छन् । यस्तै, ६ करोड रुपैयाँभन्दा धेरैको क्याटफिस, २ करोड रुपैयाँभन्दा धेरैको कार्प माछा भित्रिएको छ ।

    यसबाहेक, झिँगे माछा, फ्रोजन माछा लगायत गरी नेपालमा वर्षमा अर्बौँ रुपैयाँको ‘सी फुड’ आउने गरेको हो । यस अवधिमा झिँगे माछा आयातमा ५८ लाख रुपैयाँ बाहिरिएको छ भने गँगटा आयातमा समेत लाखौं रुपैयाँ बाहिरिने गरेको छ ।

    नेपाल भित्रिने समुन्द्र खान्कीमध्ये सबैभन्दा धेरै भारतबाट आउने गरेको छ । नेपालमा सामान्यदेखि क्याटफिस, कार्प, फ्रोजन, सलमान लगायतका माछा भारतबाट आउँछन् । यस्तै, भियतनामबाट समेत ठुलो मात्रामा नेपाली बजारमा माछा आउँदा थाइल्यान्ड, हङकङ र ब्रुनाइमा उत्पादित समुन्द्र खान्की समेत नेपालीको भान्सामा पाक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij