शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लछिनप्रसाद बुढा मगरको सम्झनामा सरसफाइ

  • प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०८०



  • घोराही । घोराही उपमहानगरपालिका वडा नं. १६ का तत्कालीन अध्यक्ष लछिनप्रसाद बुढा मगरको पाँचौं स्मृति दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम गरिएको छ ।

    लछिनप्रसाद बुढा स्मृति प्रतिष्ठान र नेकपा एमाले घोराही नगर कमिटीले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेर स्व. लछिनप्रसाद बुढा मगरलाई सम्झिएको हो । लछिनप्रसाद बुढा मगर स्मृति प्रतिष्ठानले सरसफाइ कार्यक्रम गरेर पाँचौं स्मृति दिवस मनाएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कको सरसफाइ गरिएको छ ।

    लछिनप्रसाद बुढा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतित्थ्यमा सरसफाइ गरिएको हो । संस्थाका उपाध्यक्ष केशव गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन पन्थीले गर्नुभएको थियो ।

    यसैबीच नेकपा एमाले घोराही नगर कमिटीले एक कार्यक्रम आयोजना गरी लछिनप्रसाद बुढा मगरको पाँचौं स्मृति दिवस मनाएको छ । नेकपा एमाले घोराही नगर कमिटीका उपाध्यक्ष तारा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चौधरीले लछिनप्रसाद बुढा मगरले अँगालेको सामाजिक चरित्रको अनुशरण गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा लछिनप्रसाद बुढा मगरको जीवनीबारे स्मृति प्रतिष्ठानका महासचिव अर्जुन पन्थीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, एमाले लुम्बिनी प्रदेश सदस्य सुरामणि बेलबासेलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा स्व. लछिनप्रसाद बुढा मगरका भाइ तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण एमाले घोराही नगर सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

    यसैबीच भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवामा खटिएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी नेतृत्वको स्वयंसेवकहरुले पनि लछिनप्रसाद बुढाको स्मृति दिवस मनाएको छ । रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–१४ ज्यामिरेकोट टाकुरामा खटिएको राष्ट्रिय युवा संघ नेपाल दाङ, अखिल नेपाल महिला संघ दाङ, अनेरास्ववियु दाङलगायतका नेता, कार्यकर्ताहरुले आफैले निर्माण गरेका टहरामा लछिनप्रसाद बुढा मगरको तस्विरमा माल्यार्पण गरेर स्मृति दिवस मनाएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij