प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०८०
बिनिता शर्मा,काठमाडौ। नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

४ मंसिरमा भएको चोरीमा संलग्नको आरोपमा पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ छन् । प्रहरीका अनुसार दुबैले ४ मंसिरमा ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।
अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।
चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परीसर ललितपुरका प्रमुख ssp शिद्दी बिक्रम शाहले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij