शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारतीय नम्बर प्लेटको गाडीमा राप्रपाका महामन्त्री सिंहदरबार पसेपछि…

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०८०



  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी सिंहदरबार पुगेका हुन् ।

    सिंहदरबारस्थित समितिको बैठकमा सहभागी हुन उनी नियमविपरीत उक्त गाडीमा गएका थिए । उनी भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । राणाले आफ्नो नातेदारहरु गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको बताए । ‘नातेदारहरु भारतबाट आएका थिए । गाडीको भन्सार थप्नु थियो। त्यही गाडी लिएर सिंहदरबारको मिटिङमा आएको थिएँ’, उनले भने, ‘मलाई के थाहा ल्याउन मिल्छ कि मिल्दैन ?’

    उनले आफूले यसबारे थापा पाएपछि दुई दिनको भन्सार अनुमतिपत्र गराएको जानकारी दिए । ‘कस्टमको म्याद आजसम्मको थियो । भोलिपर्सीका लागि थप्नु थियो । पहिला सिंहदरबार गएर कस्टम अफिस जान्छु भन्ने थियो । कमिटीको बैठकस्थल बाहिर राखेको थिएँ । बाहिर गरिदिएका रहेछन् ।’

    प्रहरी स्रोतका अनुसार विशेष परिस्थितिबाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश दिइने छैन । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।

    विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिइ बढीमा एक महिनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने छ । तर सो अवधि पनि राणा सवार गाडीले गुजारेको बताइएके छ ।

    rato pati bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij