प्रकाशित मिति : आइतवार, मंसिर १७, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरीले जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।

ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp कुबेर कडायतले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij