शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र जारी गर्ने

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०८०



  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने भएको हो ।

    सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त विकास ऋणपत्रको मंसिर १९ गते बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंसिर १९ गते दिउँसो २ बजेसम्ममा आवेदन दिन सक्नेछन् ।

    विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुनेछ ।

    कूल निष्काशित विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पधात्मक प्रणालीमार्फत बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij