शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लुम्बिनी सरकार विस्तारको तयारीमा मुख्यमन्त्री चौधरी,मन्त्रालय विभाजन नगरिने

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०८०



  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।

    लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना खेपेका मुख्यमन्त्री चौधरीले पार्टीको प्रदेश सम्मेलन सकिएलगत्तै सरकार विस्तारको तयारी गरेका हुन् । दुईतीन दिनभित्रै मन्त्री थपिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले बताए ।

    दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ । सोही अनुसार अब कांग्रेसले २ र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।

    कांग्रेसले सम्हाल्ने थप दुई मन्त्रालयमध्ये एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले सम्हाल्ने जनाइएको छ । मुख्यमन्त्री प्रेस सल्लाहकार भट्टराईले भने, ‘एक जना माओवादीबाट र एक जना नेपाली कांग्रेसबाट मन्त्री थपिने छन् । एउटा मन्त्रालय मुख्यमन्त्रीज्यूसँगै रहन्छ, तर कुन मन्त्रालय कसलाई दिने र मुख्यमन्त्रीले कुन मन्त्रालय राख्ने भन्ने अझै टुङ्गो लगाउन बाँकी छ । त्यो पनि एकदुई दिनभित्रै टुङ्गिन्छ ।’

    अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । जसमा मुख्यमन्त्रीले ३ मन्त्रालय सम्हालेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । सानादलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले चाँडै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

    गत वैशाखमा कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यद्यपि सरकारले पूर्णता पाउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij