शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विमाप्रतिको विश्वसनीयता बढाउनु पक्ष ः मुख्यमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०८०



  • गोपाल शर्मा भट्टराई,दाङ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताउनु भएको छ । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आबश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताउनु भयो ।

    नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र विमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो । उहाँले कोरोना पछि विमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अव विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आबश्यकता अनुसार विमा नीति बनाउने जानकारी दिनु भयो ।

    विश्वमा विमा राम्रो छ, उहाँले भन्नु भयो, विमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । विमा नीति आबश्यक छ, उहाँले भन्नु भयो, विमाले त्यो विश्वास दिलाउन सक्नु पर्छ । विमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नु पर्छ, उहाँले भन्नु भयो, कुरा गरे अनुसार काम गर्नु पर्छ र काम गर्न सक्ने मात्रै विमा वालाले कुरा गर्नु पर्छ ।

    कार्यक्रममा सहभागिहरुले विमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना विमाको रकम अहिले सम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली विमा गर्नु पर्ने, पूर्वाधारको विमा गर्दा सहज हुनु पर्ने र जीवन विमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

    कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राख्नु भएको थियो । विमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिग्देल लगायतकाले उठेका विषयबस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूणर् बहादुर थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij