मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अत्याधिक चिसोले भुकम्पपीडितको बिचल्ली

  • प्रकाशित मिति : शनिबार, मंसिर २३, २०८०



  • काठमाडौं । अत्याधिक चिसोले जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको बिचल्ली भएको छ ।

    भुकम्प पछि त्रिपालमुनी बस्दै आएका पीडितहरु सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा थप मारमा परेका हुन् ।

    कर्णाली प्रदेश प्रहरीका अनुसार कात्तिक १८ यता त्रिपालम्नी बसिरहेका ३२ भूकम्पपीडितको मृत्यु भइसकेको छ । प्रहरीको तथ्यांक अनुसार शुक्रबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् ।

    कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

    भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा चार–चार, बारेकोट गाउँपालिकामा तीन र भेरी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

    यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीनजना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एकएक जनाको चिसोले मृत्यु भएको हो । चिसोबाट चार बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij