शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नदिजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र चालक माथि हातपात,आरोपित ९ जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, मंसिर २५, २०८०



  • सागर ओली,दाङ । प्रहरीले नदिजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र चालक माथि हातपात गरेको आरोपमा ९ लाई पक्राउ गरेको छ ।

    नदिजन्य पदार्थ नियन्त्रण गर्न गएको लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, बिनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको छ । लमही नगरपालिका -४ को बुट्कहवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न लाग्दा उनिहरुमाथी हातपात भएको लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनुभयो।

    आक्रमण गरेको आरोपमा नौ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङक प्रहरी प्रमुख sp राम बहादुर केसीले जानकारी दिए । पक्राउ पर्नेमा गढवा गाउँपालिका(५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र निरज चौधरीलाई अभद्र ब्यबहारको कसुरमा मुद्दा प्रक्रिया अघि बढ्ने sp केसेली बताउनुभयो। बाँकी मनिरामको लहलहैमा आएको रहेछन उनीहरुलाई सम्झाई बुझी छाड्ने पनि sp केसीले जानकारी दिनुभयो।

    मनिराम सहित अन्य चारजनलाई हिजै अभद्र व्यबहारको मुद्दा दर्ता गरि कानूनी कारबाही प्रक्रिया अगाडी बढी सकेको छ । लमही नगरपालिका -२ को राप्ती घाटमा गिट्टी बालुवा चोरि हुदैछ भन्ने गोप्य सुचनाको आधारमा त्यहाँ पुगेको लमही नगर प्रहरी र चालक माथि आक्रमण भएको हो। ट्याक्टरमा बालुवा लोड गरि लैजान लागेको अवस्थामा उक्त ट्याक्टर छोडेर चालक र बालुवा लोड गर्ने मजदुर भागेपछि नगरपालिकाको गस्ती टोलिले नियन्त्रणमा ल्याएको थियो। नियन्त्रणमा ल्याएको ट्याक्टरलाई प्रहरीलाई बुझाउन ल्याउने क्रममा मनिराम चौधरीले अन्य गाउँका युवाहरु बोलाएर ज्यान लिने उद्देश्यले आक्रमण गरेको लमही नगरपालिकाका चालक मेघराज गिरीले बताउनुभयो।

    चालक गिरीका अनुशार नौ जनाको समूह बनाएर आएको उक्त टोलिले सावेल, बेल्चा जस्ता घरेलु हतियारले प्रहार गरेका थिए । मलाई हातपात गर्न लागेपछि हाम्रो टोलि ब्याक भयो, उनीहरुले मलाई लछार पछार गरे, बेल्चाले मेरो टाउकोमा प्रहार भयो तर मैले बेल्चा समातेपछि चोट लाग्न बाट बचे गिरीले भने । दुई पक्षबिच हातपात र लछार पछार हुँदा लमही नगरपालिकाका चालक गिरीको तीन तोलाको सुनको सिक्री हराएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij